Demo
Demo

बुटवल,१७ पुस ।
बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ उपचार शिविरमा शुक्रबार ३७७ जना जेष्ठ नागरिकहरूले स्वास्थ उपचार सेवा लिएका छन् ।

शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं १५ काे सेमलारमा सञ्चालित शिविरमा १९६ जना र वडा नं १४ बिनायकपूरमा सञ्चालित शिविरमा १८१ जना गरि ३७७ जना जेष्ठ नागरिकहरू लाभान्वित भएकाे बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नं १५ सेमलार र वडा नं १४ काे बिनायकपूरमा सञ्चालित छुट्टाछुट्टै शिविरको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरूलाई अस्पतालमा लामो समय लाइन लागेर उपचार गर्न नपरोस् भन्ने उदेश्यले उपमहानगरपालिकाले बा आमासँग नगर प्रमुख स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको बताउदै शिविरबाट लाभ लिन जेष्ठ नागरिकहरूलाई आग्रह गरे ।

आफ्नै टोल छिमेकमै जेष्ठ नागरिकहरूलाई बिशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको भन्दै नगर प्रमुख पाण्डेयले अब बर्षमा दुईपटक यस्तै शिविर सञ्चालन गर्नेगरि कानुनी प्रवन्ध मिलाइएको जानकारी गराए ।

जेष्ठ नागरिकहरूलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने आफुहरूकाे प्रतिवद्वता अनुसार बा आमासँग नगर प्रमुख स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको उल्लेख गर्दै उनलेे कानुनी प्रवन्ध मिलाइएकोले जनप्रतिनिधिमा जाेसुकै आए पनि अब बर्षमा दुईपटक यस्तैखाले शिविर सञ्चालन हुने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जेष्ठ नागरिकको स्वास्थ्य प्रति चिन्तित भएर नगर प्रमुखसहितका जनप्रतिनिधिहरूले बा आमासँग नगर प्रमुख स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताउदै आगामी दिनमा यसलाई अझै व्यापक बनाउदै लैजाने योजना रहेको जानकारी गराए ।

साे अवसरमा बुटवल उपमहानगरपालिका वडा नं १४ का अध्यक्ष दधि न्याैपाने,फेमिलि फिजिसियन डा डी बी खत्रीलगायतले स्वास्थ्य शिविरको महत्व र स्वस्थ रहन अपनाउनुपर्ने सावधानी बारे प्रकाश पारेका थिए ।

यही पुस ७ गते बुटवल उपमहानगरपालिका वडा नं १ बाट सुरु भएको स्वास्थ्य शिविर नगरका १९ वटै वडामा सञ्चालन हुने जनस्वास्थ्य शाखा प्रमुख प्रमुख पाण्डेयले बताए ।

हिड्डुल गर्न नसक्ने अशक्त तथा बृद्व बृद्वाहरूलाई ई-रिक्सा मार्फत शिविरसम्म ल्याउने र लैजाने ब्यवस्था समेत मिलाइएकोले सेवाग्राहीकाे संख्या पनि बढ्दै गएको उनकाे भनाइ छ ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2026 Sajha Lumbini. Designed by Ignite Infosys.