Demo
Demo

बुटवल १७ चैत, बुटवल।
नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको बर्ष २८, अंक ४ सार्वजनिक तथा परिचर्चा सम्पन्न भएको छ ।

नेतृत्व मिडिया प्रा.लि.द्वारा प्रकाशित नेतृत्व त्रैमासिक पत्रिकाको मंगलबार रूपन्देहीको भलवारीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिनुकासाथै परिचर्चा गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशव बहादुर सुर्यवंशीले कठिन परिस्थितिमा पनि अविचलित रूपमा संस्थाकाे नेतृत्व गर्ने क्षमतानै नेतृत्वको सहि परिभाषा भएको भन्दै नेतृत्व पत्रिकाले त्यस्ता पात्रहरू बारे उजागर गर्नु राम्रो पक्ष भएको उल्लेख गरे ।
समाजमा रहेका हरेक ब्यक्ति कुनै न कुनै सामाजिक संस्थासँग जाेडिने र नेतृत्व गर्ने गरेको भन्दै अध्यक्ष सुर्यवंशीले जस्तोसुकै कठिन परिस्थितिमा पनि संस्थालाई सहि नेतृत्व प्रदान गर्न सक्नु नेतृत्वको गुण भएको बताए ।

पत्रिकामा प्रकाशित सामाग्री बारे चर्चा गर्दै “देश चिन्तन” स्तम्भकार समेत रहेका राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले पत्रिकाको हरेक अंक पठनीय र संग्रहणीय रहेकोमा राष्ट्रिय राजनीतिदेखि भुईमान्छेका संघर्षका गाथा समावेश भएकोले यस अंक थप महत्त्वपूर्ण रहेको बताए ।
पठन संस्कृति हराउँदै गएको अवस्थामा गाउँ घर तथा शहर बजारका कुना काप्चामा रहेर संघर्ष गर्दै संस्थालाई नेतृत्वदायी भुमिका निर्वाह गर्ने कर्मवीरहरूकाे बारेमा उजागर गरेर पठन संस्कृतिको विकासमा पत्रिकाले महत्त्वपूर्ण भुमिका निभाएकाे उल्लेख गरे ।

यस अंकका मुख्य पात्रका रूपमा रहेका समाजसेवी तथा राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरूङले राजनीतिका अलावा समाजसेवामा गरेका कामहरू बारे प्रकाशन गरेकोमा खुसी ब्यक्त गर्दै यसले आफुलाई समाजसेवामा लाग्न थप प्रेरणा मिलेको बताए ।

पत्रिकाका स्तम्भकार सीता गाैतम भट्टराईकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका सचिव गिता सारू,समाजसेवी तथा राष्ट्रिय जनमुक्ति पार्टीका नेता चित्रप्रसाद गुरूङ,स्वास्थ्यकर्मी कृष्ण भट्टराईलगायतले प्रविधिको विकाससँगै पत्र पत्रिका पठन संस्कृतिमा कमि आइरहेको अवस्थामा नेतृत्व पत्रिकाकाे खाेजि पत्रकारिताले पठन संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए ।

पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक गाेविन्द भट्टराईले राष्ट्रिय रूपमा ख्यातिप्राप्त ब्यक्तिहरूकाे बारेमा राष्ट्रिय मिडियामा चर्चा हुने भए पनि ग्रामीण समुदायमा रहेर संघर्ष गर्दै समाजलाई नेतृत्वदायी भुमिका निर्वाह गर्नेहरूकाे बारेमा उजागर गर्ने पत्रिकाको उदेश्य अनुरूप साेहि अनुसारका सामाग्री प्रकाशन गर्दै आएको बताए ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2026 Sajha Lumbini. Designed by Ignite Infosys.