२२ चैत,बुटवल।
बुटवल उपमहानगरपालिकाकाे मेयर युवा इलम राेजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत तीन छुट्टाछुट्टै बिषयकाे तालिम सुरु भएको छ ।
विद्युतीय सवारीसाधन बनाउने तालिमसहित, हेन्डलिङ तथा ड्राेन अपरेसन र आधारभूत साैन्दर्यकला तालिमकाे एकसाथ शुभारम्भ गरिएको हो ।
तालिमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले सीपसहितकाे शिक्षामा जाेड दिएको भन्दै शिक्षामा बुटवलले गरेकोे लगानी अन्य पालिका र संघीय सरकारका लागि समेत अनुकरणीय भएको बताए ।
मेयर युवा इलम राेजगार कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको भन्दै उनलेे सीप सिकेर स्वराेजगार र आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे ।
कार्यक्रममा तिनाउ बहुप्राविधिक शिक्षालयका सञ्चालक ज्वाला श्रेष्ठ, हव आइटी ग्रुप प्रा लि कर्णालीका हरी बन्जाडेलगायतले तालिमकाे उपयोगीताबारे प्रकाश पारेका थिए ।
त्यसैगरी मेयर युवा इलम राेजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाले ३६ जनालाई लेखापढी सम्बन्धि तालिम पनि दिइरहेको राेजगार शाखा प्रमुख पाण्डेले बताए ।
तालिममा विभिन्न विधामा गरि ६० जना प्रशिक्षार्थीकाे सहभागीता रहेको बुटवल उपमहानगरपालिका राेजगार शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।

