Demo
Demo

२७ चैत ,बुटवल ।
मेयर युवा इलम राेजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाले लेखापढी सम्बन्धि तालिम सम्पन्न भएको छ ।

तालिमको शुक्रबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले मेयर युवा इलम राेजगार कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको भन्दै सीप सिकेर स्वराेजगार र आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाले सीपसहितकाे शिक्षामा जाेड दिएको भन्दै नगर प्रमुख पाण्डेयले देशभरका पालिकाहरूमध्ये शिक्षामा बुटवलले सबैभन्दा धेरै लगानी गरेको दाबी गरे ।

अन्य पालिकाले आफ्नो पालिकाका नागरिकलाई मात्रै तालिम दिने गरे पनि बुटवल उपमहानगरपालिकाले जुनसुकै पालिकाका नागरिकलाई तालिम दिँदै आएको बताए ।

३६ जनाको सहभागीता रहेको तालिममा बुटवल उपमहानगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता घनश्याम पन्त,अधिवक्ता राजन नेपाल लगायतका कानुन ब्यवसायीहरूले कपाली तमसुक,राजिनामा,घरबहाल सम्झौता पत्र,अंशवण्डालगायतका लिखित लेख्न सिकाइएकाे बुटवल उपमहानगरपालिकाका राेजगार प्रवर्द्धन शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।

समापनका अवसरमा प्रशिक्षार्थी कुमारी दर्नालले लेखापढी तालिम आफुहरूका लागि उपयोगी भएको भन्दै आगामी दिनमा पनि यस्ता खालका तालिम सञ्चालन गर्न आग्रह गरे ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2026 Sajha Lumbini. Designed by Ignite Infosys.