२०८२ चैत १९ गते बुटवल।
न्यु लुम्बिनी ब्याडमिन्टन क्लबकाे आयोजनामा आजदेखि बुटवलमा दाेस्राे लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
साे अवसरमा नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदकाे हवकाे रूपमा विकास गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले वजेट व्यवस्थापन गर्दै आएको बताए ।प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।
बुटवल उपमहानगरपालिका देशमै धेरै वजेट छुट्याउने पालिका रहेको भन्दै नगर प्रमुख पाण्डेयले खेलकुदकाे पुर्वाधार विकास र खेलाडीकाे क्षमता विस्तारमा उपमहानगरपालिकाले करोडौं रकम छुट्टयाएको बताए ।
बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका न्यु लुम्बिनी ब्याडमिन्टन क्लबका अध्यक्ष बाेनिन पियाले नगर खेलकुद विकास समितिले बुटवललाई खेलकुदकाे हवकाे रूपमा विकास गर्ने उदेश्य अनुसार याेजनावद्व कार्यक्रम अगाडि बढाएको बताए ।
प्रतियोगितामा खुला तर्फ प्रथम हुनेले ४५ हजार,द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले नगद २० हजार रूपयाँ प्राप्त गर्ने क्लबका सदस्य यादव भण्डारीले जानकारी दिए ।
त्यस्तै भेट्रानतर्फ प्रथम हुनेले ३० हजार,द्वितीय हुनेले २० हजार तृतीय हुनेले १० हजार रूपयाँ प्राप्त गर्ने छ भने सुपर भेट्रानतर्फ प्रथम द्वितिय र तृतीय हुनेले क्रमशः २० हजार,१५ हजार र १० हजार प्राप्त गर्ने अध्यक्ष पियाले बताए ।

