Demo
Demo

बुटवल,१३ माघ गते
बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित मेयर युवा राेजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत ४५ दिने वारिष्टा तालिम समापन भएको छ ।

तालिममा सहभागीहरूलाई साेमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रा देवी अर्याललगायतले प्रमाणपत्र वितरण गरेका हुन् ।

साे अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले सीप बिनाको शिक्षाले बेराेजगारी उत्पादन मात्रै हुने भएकोले बुटवल उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गर्दै आएको भन्दै आफुले सिकेको सीप अनुसारको पेसा ब्यवसाय गरेर आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे ।देशभरका पालिकाहरूमध्ये अन्य पालिकाका नागरिकले पनि तालिम लिन पाउने बुटवल उपमहानगरपालिका मात्रै भएको भन्दै उनलेे बुटवलमा गरिने लगानीले समग्र देशले नै प्रतिफल प्राप्त गर्ने धारणा राखे ।

कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्यालले सीपमूलक तालिमका लागि बुटवल उपमहानगरपालिकाले ठूलो धनराशि खर्च गरेको बताउदै प्राप्त ज्ञान र सीप अनुसारको पेसा ब्यवसाय गरेर स्वराेजगार बन्न सहभागीहरूलाई सुझाव दिइन् ।साे अवसरमा तालिमका प्रशिक्षक पुर्ण बहादुर गुरूङ,प्रशिक्षार्थीहरू प्रगिना केसी,गीता घिमिरे,पृया गाैतम,दीपक चालिसेलगायतले तालिमले आफुहरूमा ब्यवहारीक ज्ञान र सीप प्राप्त हुनुका साथै काम गर्ने हाैशला प्राप्त भएको बताए ।

तालिममा ७० जना युवा युवतीहरूकाे सहभागीता रहेको बुटवल उपमहानगरपालिका राेजगार शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2026 Sajha Lumbini. Designed by Ignite Infosys.