Demo
Demo

बुटवल,१३ पुस ।
बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ जाँच तथा उपचार शिविर प्रतिकुल माैसमका बाबजुद सेवाग्राहीहरूकाे उत्साहजनक सहभागीता देखिएको छ ।

माैसमकाे प्रतिकुलताका बाबजुद आइतबार बुटवल उपमहानगरपालिका वडा नं ६ र ७ मा सञ्चालित शिविरमा सेवाग्राहीहरूकाे उल्लेखनीय सहभागीता रहेको हो ।

बुटवल उपमहानगरपालिका वडा नं ६ चाँदबारीमा सञ्चालित शिविरको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्थामा धाउन नपरोस् भन्ने उदेश्यले उपमहानगरपालिकाले बा आमासँग नगर प्रमुख स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको जानकारी गराउदै कम्तीमा पनि बर्षकाे दुईपटक यस्तैखाले शिविर सञ्चालन गर्ने योजना रहेको बताए ।

हाल बुटवलका विशिष्ट स्वास्थ्य संस्थामा कार्यरत विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य जाँच र उपचार सेवा उपलब्ध गराइएकोमा आगामी दिनमा ल्यावसहितकाे शिविर सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख पाण्डेयले बताए ।

बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले स्वास्थ्यसँग सम्बन्धित धेरै कार्यक्रम गर्दै आएको जानकारी गराउँदै उनलेे जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर विशेषज्ञसहितको स्वास्थ्य परीक्षण तथा उपचार गर्नेगरी बाआमासँग नगर प्रमुख कार्यक्रम शुरु गरिएको बताए ।

पछिल्लो समय सर्ने राेगबाटभन्दा नसर्ने राेगबाट नगरवासी बढी पिडित रहेको भन्दै नगर प्रमुख पाण्डेयले समाजमा लुकेर रहेका राेग तथा बिरामीहरूकाे पहिचान र उपचारका लागि शिविर उपयोगी हुने विश्वास ब्यक्त गरे ।

चिसो माैसमका बाबजुद आइतबार बुटवल उपमहानगरपालिका वडा नं ६ मा ९८ जना र वडा नं ७ मा १०१ जना जेष्ठ नागरिकहरूले सेवा लिएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले जानकारी दिए ।

यही पुस ७ गते बुटवल उपमहानगरपालिका वडा नं १ बाट सुरु भएको स्वास्थ्य शिविर नगरका १९ वटै वडामा सञ्चालन हुने जनस्वास्थ्य शाखा प्रमुख प्रमुख पाण्डेयले बताए ।

आफ्नै टोल छीमेकमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्राप्त गर्दा स्थानीय जनताले स्थानीय सरकारकाे अनुभुति गरेको वडा नं ६ का वडा अध्यक्ष लाेकनाथ न्याैपानेकाे भनाइ छ ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2026 Sajha Lumbini. Designed by Ignite Infosys.