Demo
Demo

बुटवल,७ जेठ ।

प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा नविन औद्याेगिक माबि र न्यु होराइजन बाेर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हिज भएका क्वाटरफाइनल खेलमा नयाँगाउँ माविलाई ७ रनले हराउँदै नविन औद्याेगिक माबि सेमिफाइनलमा प्रवेश गरेकाे हो ।
बुटवल उपमहानगरपालिका वडा नं १६ नरैनापुर क्रिकेट मैदानमा टस जितेर नयाँगाउँ माविले फिल्डिङ राेजेपछि ब्याटिङ गरेको ५ ओभरमा ४१ रन बनायो ।

४२ रनको लक्ष्य पछ्याएको नयाँगाउँ मावि ३४ रनमै समेटियो ।
साे खेलमा नविनका स्वीकृत पाैडेल म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।

त्यस्तै आजै भएको अर्को खेलमा नवरत्न माविलाई ७९ रनले हराउँदै न्यु होराइजन बाेर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गरेका हो ।
टस जितेकाे नवरत्न माविले बलिङ राेजेपछि ब्याटिङमा उत्रिएको न्यु होराइजनले १३३ रन बनायो ।

न्यु होराइजनकाे जितका लागि राहुल नाउले ५१ रनको योगदान दिए ।
कमजोर ब्याटिङ गरेको नवरत्नका लेखनाथ उपाध्यायले १८ रनको योगदान दिए पनि अन्य खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेन् ।
यद्यपि नवरत्नका बिशाल सुवेदीले ६ विकेट लिन सफल भएका थिए ।
साे खेलमा न्यु होराइजनका राहुल नाउ म्यान अफ दि म्याच घाेषित भए ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिति बुटवलको आयोजनामा जारी प्रतियोगिताकाे बिहिबार सेमिफाइनल खेल हुनेछन् ।

बिहीबार पहिलो सेमिफाइनल खेल न्यु होराइजन बाेर्डिङ स्कुल र दीप बाेर्डिङ स्कुलबीच तथा दाेस्राे सेमिफाइनल कान्ति मावि र नविन माविबीच हुने खेल संयोजक सरोजसिहले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका संयोजक बाेनिन पियाले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द सिरिज ८ हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैया, मेडलबाट प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक पियालेे बताए । प्रति खेलाडी १ लाख रुपैया बिमा र क्यानको समन्वयमा प्राविधिक पक्षलाई अघि बढाईएको उनलेे बताए । यही जेठ ९ गतेसम्म संचालन हुने प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ टिमकाे सहभागीता रहेको नगर खेलकुद विकास समिति सदस्य सुनिता गिरीले जानकारी दिइन् ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2026 Sajha Lumbini. Designed by Ignite Infosys.