Demo
Demo

बुटवल,५ जेठ ।
बुटवलमा जारी प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा कान्ति माबि, दीप बोर्डिङ स्कुल, नबिन औद्याेगिक माबि र इडन बोर्डिङ स्कुल विजयी भएका छन ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता अन्तर्गत सोमबारकाे खेलमा कान्ति माविले मोतिपुर माबिलाई ९५ रन, दीप बाेर्डिङले बुटवल ईलिट स्कुललाई २५ रन, नबिन औद्योगिक माबिले अमर माबिलाई ९ बिकेट तथा ईडनले गणेशज्ञान ज्योती स्कुललाई ८३ रनले पराजित गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नं १६ नरैनापुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेकाे कान्तिले १२ ओभरमा ४ बिकेटको नोक्सानीमा ११२ रनको लक्ष्य खडा गरेको थियो । कान्तिका लागि बिशाल पौडेलले ३१, मोहमद कलामले १७ रनको योगदान दिए । मोतिपुरका रन्जन घिमिरे र युदिप भुषालले समान २–२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको मोतिपुर ६.६ ओभरमा केवल १७ रनमा समेटियो । कान्तिका धारिलो बलर सामु मोतिपुरका ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । कान्तिका बिशाल मरासिनीले ३ बिकेट लिए । कान्तिका बिशाल पौडेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि सोमबार नै भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेकाे दीपले १२ ओभरमा ४ बिकेटको नोक्सानीमा ९३ रनको लक्ष्य खडा गरेको थियो । दीपका नाजिम अलिले नटआउट ३४ रन तथा कृजन गौतमले १५ रनको योगदान दिए । बुटवल इलिटका कुशल थापाले ३ तथा सागर जिएमले १ बिकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको ईलिट ९.३ ओभरमा ६८ रनमा समेटियो । उसका लागि उज्जवल श्रेष्ठले १५, मिलन माबोले १४ तथा विज्ञान घर्तीले १० रन बनाएपनि जितका लागि पर्याप्त भएन । दीपका गौरव बिकले ३ तथा रियान ढकाल र आशिष बिकले समान २–२ बिकेट लिए । साे खेलमा दीपका नाजिम अली प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि तेस्रो खेलमा टस जितेर नविनले बलिङ राेजेपछि ब्याटिङमा उत्रेको अमर माबिले १०.५ ओभरमा केवल ३५ रनमा समेटियो । अमरका लागि मनिष थापाले १३ रनको
योगदान दिनुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन । अमरलाई कम स्कोरमा रोक्न नबिनका केशव सुवेदीले शानदार ५ बिकेट लिए । झिनो लक्ष्यलाई नबिनले २.३ ओभरमा केवल १ बिकेटको नोक्सानीमा भेट्टायाे । नबिनका ओपनर स्वीकृत पौडेलले नटआउट ७ बलमा १९ रन बनाए । नबिनका केशव सुवेदी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

सोमबारै भएको चौथौ खेलमा टस जितेर ब्याटिङ रोजेको ईडनले निर्धारित १२ ओभरमा ३ बिकेटको नोक्सानीमा १२४ रनको लक्ष्य खडा गरेको थियो । ईडनका हिमाल कुवर आफनो अर्धसतक बनाउनबाट चुके । उनले ३४ बलमा ४ चौका र ३ छक्काको मद्यतले नटआउट ४९ रन बनाए । ओपनर बिमल भट्टराईले २१, सुनिल बिकले १२ रनकाे योगदान दिए । गणेश ज्ञानज्योतीका गणेश पौडेल, रिजन पौडेल र समपर्ण पौडेलले समान १–१ बिकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको गणेश ज्ञानज्योती ८.५ ओभरमा केवल ४१ रनमै समेटियो । उसका लागि समपर्ण पौडेलले १६ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । ईडनको जितमा सुभाष दर्जीले २ ओभर बलिङ गर्दै केवल २ रन दिएर शानदार ५ बिकेट लिए । साे खेलमा उनि प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सरोजसिहले जानकारी दिए ।

प्रतियोगितामा म्यान अफ द सिरिज ८ हजार तथा उत्कृष्ट बलर,उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैया, मेडलबाट प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समिति संयोजक बाेनिन पियाले बताए । प्रति खेलाडी १ लाख रुपैया बीमा र क्यानको समन्वयमा प्राविधिक पक्षलाई अघि बढाईएको उनले बताए । जेठ ९ गतेसम्म संचालन हुने प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ टिमकाे सहभागीता रहेको नगर खेलकुद विकास समिति सदस्य सुनिता गिरीले जानकारी दिइन् ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2026 Sajha Lumbini. Designed by Ignite Infosys.