बुटवल,१२
बुटवल उपमहानगरपालिकाद्वासमापनरा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित उद्ममशीलता,बजारीकरण,बिजनेस प्रपाेजल लेखन,डिजिटल पमार्केटिङ,ब्रान्डिपङ सम्बन्धि दुई दिने प्रशिक्षण समापन कार्यक्रममा नगर प्रमुख,पाण्डेयले उक्त कुरा बताएका हुन् ।
उच्च शिक्षा अध्ययन गर्न,स्वास्थ्य उपचार गर्न तथा बुटवलमै भविष्य देखेर राेजगारी एवम् ब्यापार ब्यवसाय गर्ने उदेश्यले अन्यत्रबाट आउने गरेकोले बुटवल गुल्जार भएको भन्दै उनलेे शिक्षा र स्वास्थ्य क्षेत्रकाे विकासमा बुटवल उपमहानगरपालिकाले ठूलो लगानी गरेको बताए ।
शिक्षा र स्वास्थ्यका अलावा बुटवलले खेलकुद,लाेक संस्कृति,शहरी साैन्दर्यकरण,सरसफाइ,उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने योजना अगाडि बढाएको बताउदै नगर प्रमुख पाण्डेयले आगामी दिनमा पर्यटकीय गन्तव्यकाे रूपमा विकास गरेर बुटवल बजारलाई थप गुल्जार बनाउने योजना सुनाए ।
सीप र संस्कारसहितकाे स्वराेजगारमुलक शिक्षा बुटवलकाे मुल मन्त्र भएको भन्दै उनलेे साेही अनुरूप विद्यार्थीहरूलाई बिभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आएको जानकारी गराए ।
कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्याालले युवाहरूलाई स्वदेशमै केही गरेर आत्मनिर्भर बनाउने उदेश्यले उपमहानगरपालिकाले बिभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको भन्दै आफुले सिकेको सीप सदुपयोग गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरिन् ।
प्रशिक्षक मुकुन्द ज्ञवालीले युवाहरू उत्पादनसँग जाेडिएर स्वराेजगार र आत्मनिर्भर हुन जरुरी रहेको बताए ।
प्रशिक्षार्थी गंगा चालिसे र पाेषण पाण्डेले प्रशिक्षण अत्यन्तै उपयोगी र फलदाायी भएको भन्दै आगामी दिनमा पनि यस्ताखाले प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जाेड दिए ।
५० जना विद्यार्थी सहभागीता रहेको दुई दिने प्रशिक्षणमा मुकुन्द ज्ञवाली र पुनाराम घिमिरेले सहजिकरण गरेको बुटवल उपमहानगरपालिका राेजगार शाखा प्रमुख अरबिन्द पाण्डेले जानकारी दिए ।

