Demo
Demo

बुटवल,१२ फागुन ।
बुटवलमा आजदेखि सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको साेमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

कार्यक्रमकाे उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले शिक्षा,स्वास्थ्यका साथै बुटवललाई खेलकुदकाे हबकाे रूपमा विकास गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदकाे क्षेत्रमा करोडौं रकम लगानी गरेको बताए ।

राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुँदा देशभरबाट युवाहरूको सहभागीता हुने भएकोले खेलकुदकाे माध्यमबाट पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विस्वास ब्यक्त गरे ।

खेलकुदमा लगानी गर्नु भनेको युवाहरूमा लगानी गर्नु हो भन्दै उनुुले खेलकुद प्रतियोगिताको माध्यमबाट युवाहरूकाे मनाेभावना बुझ्न सकिने उल्लेख गरे ।

नेपाल विलियर्डस स्नुकर तथा पुल संघका केन्द्रीय अध्यक्ष
सराेजकुमार मुल्मीले सर्वाधिक पुरस्कार राशिकाे स्नुकर प्रतियोगिता खेलकुदकाे महाकुम्भ भएको बताए ।

नेपालमा अहिलेसम्म भएका स्नुकर प्रतियोगिता मध्ये यो प्रतियोगिताको पुरस्कार राशि सर्वाधिक रहेको भन्दै अध्यक्ष मुल्मीले यस खेलकाे महत्त्व बढाउने काम गरेको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताले स्नुकर खेलकाे महत्त्वलाई अझै बढाएको बताए ।

बिगतमा राजधानी काठमाडौंमा मात्रै हुदै आएको राष्ट्रिय स्तरको प्रतियोगिता पछिल्लो समय बुटवललगायतका ठाउँमा पनि हुन थालेको भन्दै उनलेे यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान दिने विश्वास ब्यक्त गरे ।

यस खेलमा महिला खेलाडीहरूलाई पनि सहभागी गराउन जरुरी रहेको बताउदै उनलेे त्यसका लागि महिलाहरूलाई पहिले तालिमको ब्यवस्था गर्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले
बिगतमा यो खेललाई समाज र प्रहरी प्रशासनले राम्रो नजरले नहेर्ने गरेको स्मरण गर्दै पछिल्लो समय यो खेल प्रति सकारात्मक रूपमा लिन थालिएको बताए ।

नेपाल बिलियर्डस स्नुकर तथा पुल संघ रूपन्देहीका अध्यक्ष सुजन पुनकाे अध्यक्षता र नगर प्रमुख पाण्डेयकाे प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बासु प्रधान,महासचिव प्रकाश क्षेत्रीलगायतले प्रतियोगिताको तयारी बारे जानकारी गराएका थिए ।

नेपाल बिलियर्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नुकर क्लबको आयोजनामा भएको प्रतियोगितामा देशका प्रमुख शहरबाट १२८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

फागुन २१ गतेसम्म चल्ने प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपको उद्घाटनका दिन १० वटा तथा दोस्रो दिन २० वटा खेल हुने खेल संयोजक शिशिर गुरुङले जानकारी दिए ।

बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा सञ्चालित प्रतियोगितामा रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, इटहरी, बिर्तामोड, बनेपा, परासी, तौलिहवा लगायतमा देशका प्रमुख शहर र जिल्लाबाट खेलाडी सहभागी भएकाे नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।

प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले बताए । सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने खेल संयोजक शिशिर गुरुङले बताए ।

स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजककाे विश्वास छ ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2026 Sajha Lumbini. Designed by Ignite Infosys.